श्रीमतीको यस्तो दवावपछि विराटनगरका डाक्टर शाहले गरे ८ तलबाट कुदेर आ’त्म”ह’त्या

श्रीमतीको यस्तो दवावपछि विराटनगरका डाक्टर शाहले गरे ८ तलबाट कुदेर आ’त्म”ह’त्या

भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत नेपाली चिकित्सक सुजितकुमार साहको निधन भएको छ । ३९ वर्षीय साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं त-लाबाट ख’सेर निधन भएको हो । पारिवारीक श्रोतका अनुसार डा. साह मंगलबार बिहान गुरुग्रामस्थित सेक्टर ४७ स्थित उनी बस्दै आएको अपार्टमेन्टको आठौं तल्लाको कौसीबाट ख’सेका थिए । कौसीबाट ख’सेका साहको अवस्था निकै नै ग’म्भीर थियो । ग’म्भीर अवस्थामा घाइते भएका साहलाई तत्कालै नजिकैको मेदान्त अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याईएका साहलाई चिकित्सकले मृ’त घोषित गरि दिए । पारिवारिक स्रोतका अनुसार प्र्रहरीले प्रारम्भिक छानबिनमा चिकित्सक साहले आठौं तलाबाट हा’म फा’लेर देहत्याग नै गरेको बताएको छ । यद्यपि श’वको पोस्टर्माटम हुन बाँकी रहेकाले प्रहरीले निधन को कारण निर्क्यौल गर्न भने बाँकी छ ।

विराटनगर निवासी डा. साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए । डा. सुजित अर्पाटमेन्टमा एक्लै बस्दै आएका थिए । उनको पश्चिम बंगालकी एक चिकित्सकसँग नै विवाह भएको थियो । डा. सुजित सोमबार साँझसम्म पनि मेदान्त अस्पतालमा ड्युटीमा थिए । र, सहकर्मीहरुका अनुसार उनी त्यसदिन पनि अन्य दिनजस्तै सामान्य अवस्थामा थिए । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय साह र उनकी श्रीमतीबीच दम्पतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि द’बाब दिँदै आएकी थिइन् । त्यही द’बाबले उनलाई देहत्याग गर्ने परिस्थितिमा पुर्याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले पनि उनलाई देहत्याग गर्न बा’ध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।

यो पनि प्ढ्नुहोस: यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले। सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।

पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक-फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे। बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ। बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो।

Leave a Reply