आज देखि देशभर निजी तथा सार्वजनिक सवारी साधन सन्चालन बारे आयो यस्तो गृहको निर्णय

आज देखि देशभर निजी तथा सार्वजनिक सवारी साधन सन्चालन बारे आयो यस्तो गृहको निर्णय

सरकारले भोलिदेखि देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । गृहमन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै काठमाडौँ उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

यस अघि सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञसँग गरेको छलफल पछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ ।

छलफलमा विज्ञहरुले पूर्ण लकडाउन नगर्न सुझाव दिदै संक्रमित बढी भएका क्षेत्रमा कडाई गर्न सुझाव दिएका थिए । गृहमन्त्रालयले ५ बुँदे निर्देशन जारी गर्दै भनेको छ – ‘काठमाडौँ उपत्यका र कोभिड -१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु विहिबारदेखि लागु हुने गरि जोर विजोर नम्बरका आधारमा संचालन गर्ने व्यवस्था गर्ने ।

यस बर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म आवागमन बन्द गर्ने ।’

गृहको विज्ञप्ति :

Leave a Reply